सर्लाही ,कार्तिक – २३, जिल्लाकाे लालबन्दी- २ मा रहेको पद्म भुवनेश्वरी नमूना वृद्धाआश्रमले समाजसेवी युवा कृष्ण चाैधरीलाई सम्मान गरेको छ ।
आश्रममा आश्रित वृद्धवृद्धाका लागि २ वर्ष सम्म बिहान बेलुकीकाे सम्पूर्ण भाेजकाे जिम्मेवारी लिने हरिवन नगरपालिका -४, तीन घरेका समाजसेवी युवा कृष्ण चाैधरीलाई एक कार्यक्रमका बीच कदर पत्र प्रदान गरि दाेसल्ला ओढाएर सम्मान गरिएको हाे । साे अवसरमा उनका मातापिता र श्रीमतीलाईसमेत दाेसल्ला ओेढाएर सम्मान गरिएको थियो ।
आश्रमका संस्थापक वासुदेवसरण काेईरालाकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री काैशल किशोर यादवलले समाजसेवी युवा चाैधरीलाई दाेसल्ला ओेढाएर कदर पत्र प्रदान गरे ।
मन्तव्य राख्दै मन्त्री यादवले सम्पन्न भएर पनि कतिपय व्यक्तिले आफ्ना मातापितालाई आश्रममा आश्रित हुन बाध्य पारेकाे बताए ।
उनले आफ्नै सन्ततिकाे बेवास्ताका कारण आश्रममा आश्रित भएका वृद्धवृद्धालाई दुई वर्षको भाेजनकाे प्रवन्ध गरेर चाैधरीले धेरै महान काम गरेको बताउदै आफुले पनि आश्रयलाई विभिन्न खालको सहयोगकाे व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।
सम्मानित व्यक्ति चाैधरीले अध्ययनकाे क्रममा आफूले पनि आर्थिक अभाव भएको समयमा भारतमा कयौंपटक मन्दिर तथा धर्मशालामा भाेजन गरेको स्मरण गर्दै,अहिले आश्रममा आश्रति आमाबाबुहरूकाे भाेजनकाे लागि सहयोग गर्न पाउदा निकै खुसि लागेको बताए ।
आश्रमकी अध्यक्ष भवानी काेईरालाले शुभकामना मन्तव्य राखेको कार्यक्रममा संस्थापक अध्यक्ष वासुदेवसरण काेईरालाले चाैधरीले धेरै ठुलो पून्यकाे कामगरे बताउदै,उनका मातापितालाई समेत धन्यवाद दिए ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि,स्थानीय बासिन्दा र सञ्चारकर्मीकाे सहभागिता रहेको थियो ।