सर्लाही, कार्तिक -२३, श्रद्धाभावकासाथ सूर्य भगवानको पूजा उपासना गरि मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकिएको छ ।
छठकाे चौथो तथा अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सकिएको हो ।
आज बिहानै जिल्लाका डुमडुमे देवालय परिसर ,बागमती, लखनदेही, कालिन्जाेर,फुलजाेर,झिम नदीसहित जिल्लाका तालतलैया,पाेखरी,नहरहरूमा बनाइएको छठी घाटमा श्रद्धालु भेला भएर सूर्य भगवानलाई अर्घ्य अर्पण गरेका थिए । धेरै श्रद्धालुले गय राति सँझिया घाटमै जाग्राम बसि सूर्य भगवानकाे भजन कीर्तन गरेका थिए ।
उदाउँदो सूर्यलाई अर्घ्य दिन तराईका सर्लाही महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, रौतहट, बारा, पर्सासहित देशका विभिन्न ठाउँका जलाशयमा भक्तजनहरू पुगेका थिए ।
व्रत नबस्नेले पनि उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
पारिवारिक सुख, शान्ति, समृद्धिको कामना गर्दै, श्रद्धा भक्ति पूर्वक मनाइने गरिन्छ ।