सर्लाही,कार्तिक -२२, सर्लाही सहित देशैभरि सूर्य भगवानको पूजा उपासना गरि आज छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज(बिहीवार) बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र नदी,तलाउ पाेखरीमा बनाइएको छट घाटामा रातभरि सूर्य देवकाे भजन कीर्तन  गरि जाग्राम बस्ने चलन छ।
भोलि(शुक्रवार)  बिहान  उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।


कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।


यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउलगायतको बढी प्रयोग गरिन्छ । छठका लागि तराई, मधेश र काठमाण्डौ उपत्यकाका सहित देशका विभिन्न  नदी, तलाउ र जलाशय झकिझकाउ पारिएका छन् ।


पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाउन थालिएको छ । तराईरमधेसका समुदायको भनेर मानिने छठ पर्व पहाडी लगायत प्रायः सबै समुदायले  मनाउन थालेसँगै यश पर्वले राष्ट्रिय पर्वको स्वरूप ग्रहण गरेको छ ।
छठ पर्वका लागि सर्लाहीका, बागमती, फुलजाेर, कालिन्जाेर, झिम,खनदेही,मनुसरा,विभिन्न तालतलैयाल,पाेखरी ,नहर किनार सजाइएकाे छ ।

 सरकारले यो पर्वका अवसरमा २०४६सालदेखि नै देशभर सार्वजनिक बिदा दिदै आएको छ ।  पछिल्लो समय राष्ट्रिय पर्वको स्वरूप ग्रहण गरेको छट पर्वको अवसरमा दिइदै आएको विदाकाे समय बढाउनुपर्ने माग बढ्न थालेको छ ।