सर्लाही,कार्तिक -१९,जनमत पार्टीको बलरा नगर कमिटिले छठघाट तथा सडक सफाई कार्यक्रम सम्पन्न गरेको छ । चाडवाडलाई लक्षित गर्दै नगरका सबै ११ ओटै वडामा सरसफाई कार्यक्रम सञ्चालन गरिएको नगर अध्यक्ष हरिनन्दन राय यादवले बताए ।
उनका अनुसार जनमत पार्टीका नेता तथा कार्यकर्ता झाडु, कुटो कोदालो लिएर सडक सफाईमा निस्केका थिए । उनीहरुले सडकका फोहोर तथा झाडी फाडेर सफाई गरेका थिए ।
नगर अध्यक्ष यादवले दिएको जानकारी अनुसार नगरको वडा नम्बर १ मा गुड्डु पटेलको नेतृत्वमा सरसफाई गरिएको थियो ।
त्यस्तै २ मा धर्मेन्द्र साह, ३ मा निरज सिंह, ४ मा फेकन राय, ५ मा स्वयम नगर अध्यक्ष हरिनन्दन सिंह, ६ मा चिन्ता प्रसाद सिंह, ७ मा वरिष्ठ नगर उपाध्यक्ष विनोद पटेल, ८ मा शुभनारायण साह, ९ मा नन्दकिशोर महतो, १० मा रामरेख महतो र ११ मा नगर सचिव जितलाल यादवको नेतृत्वमा सरसफाई गरिएको हो ।
यसैबीच, जनमत पार्टीले तिहार तथा छठको अवसरमा जिल्लाको १६ ओटा पालिकामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको जिल्ला ईन्चार्ज श्रीचन यादवले जानकारी दिए । उनका अनुसार पार्टीले जनताको बीचमा गएर चाडपर्व मनाउन पाउदा उत्साह बढ्ने भएकोले पालिकाहरुमा अन्तरक्रिया तथा चियापान कार्यक्रम गरिएको हो।