रामबाबु खड्का /सर्लाह
कार्तिक -१५, लक्ष्मीपुजाको दिनदेखि प्रदर्शनमा आएको चलचित्र `पुर्णबहादुरको सारंगी´ले राम्रो ब्यापार गर्न सुरु गरेको छ। प्रदर्शनको पहिलो दिन अकुपेन्सी कम देखिए पनि शुक्रवारदेखि चलचित्रले राम्रोसँग पिकअप लिएको छ। चलचित्र ´पुर्णबहादुरको सारंगी´ झगन्धर्व समुदायको कथावस्तुमा निर्माण भएको चलचित्र हो । यस चलचित्रको मुख्य भुमिकामा विजय बराल, प्रकाश सपूत र अञ्जना बराइली छन्। विजय बराल लालबन्दीका स्थानीय वासिन्दा हुन ।
त्यसैगरी अन्य कलाकारहरुमा मुकुन भुषाल, बुद्धि तामाङ, देशभक्त खनाल लगायत कलाकारको पनि अभिनय छ । चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन। उपत्यका सहित ´पुर्णबहादुरको सारंग´ झले दुई हिन्दी चलचित्रलाई समेत अहिले पछि पारेको छ।
असोज १७ गते फुलपातीको दिनदेखि प्रदर्शनमा आएका तीन चलचित्र दिपक र दिपाको छक्का पञ्जा ५ , जितु र नीतिको ज्वाईसाब र विराज बाबू छोरा समीर भट्टको चलचित्र १२ गाउँको शो घटाएको छ। ती चलचित्रको शो घटेपछि अधिकाँस हलमापुर्णबहादुरको सारंगीझ हाउसफुल छ ।
सर्लाहीको हरिवन , लालबन्दी ,र बरहथवामा पनि ´पुर्णबहादुरको सारंगी´ प्रदर्शन भइरहेको छ। क्युएफएक्सले काठमाडौं र बाहिर गरेर चलचित्रलाई ६७ शो दिएको छ। बलिउड फिल्म सिंघम अगेनु ले क्युएफएक्समा आज लागि ६० शो पाएको छ भने ´भूल भुलैया ´लाई ५७ शो दिइएको छ। केहिदिन अघि मात्र प्रदर्शनमा आएको अर्को चलचित्रसानो संसार झधेरै हलबाट उतारिएको छ ।