सर्लाही,कार्तिक -१६, नेपाल भारत सीमावर्ती बजारमा तिहार र छठ पर्वका लागि समान किनमेल गर्न जाने सर्लाहीका नागरिक ठगीमा पर्न थालेका छन् ।
समान किन्न सीमावर्ती बजारमा गएका नेपाली नागरिक संग भारतीय ब्यापारीले एक सय भारु बराबर नेपाली रूपैयाँ एक सय ६६ रुपैया लिने गरेका छन् । नेपालमा भारतीय रूपैयाँ १ सयको खरिद दर १ सय ६० रूपैयाँ र बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
सरल मूल्यमा घरायसी खाद्यबस्तु खरिद गर्न सकिने बिस्वासकासाथ सीमावर्ती बजार पुगेका नागरिकलाई भारतीय व्यापारीले नेपाली रूपैयाँकाे अवमूल्यन गरि ठगी गरिरहेकाे सर्लाहीका स्थानिय जितेन्द्र कुशवाहाले जानकारी दिए । उनका अनुसार सर्लाही सहित भारत संग सीमा जाेडियका सवै सीमावर्ती भारतीय बजारमा सयकडा छ रुपैयाँ कमशिन तिर्नु पर्ने अवस्था रहेको छ ।
सर्लाहीसंग सीमा जाेडिएका भारतीय बजार सोनवर्सा, पर्सा नजिकको बजार फनेरा नजिकैको बजार बलरा नगरपालिका नजिकैको भारतीय बजारमा नेपालबाट समान किन्न जानेको भीड छ।
सीमावर्ती क्षेत्रमा पैसा साट्ने प्रयाप्त व्यवस्था नहुदा पनि भारतीय व्यापारीले नेपाली पैसाको अवमूल्यन गरेको यहाँका स्थानीयकाे बुझाइ छ । तिहार र छट पर्वमा चिनी, तेल,मैदा,सुजी,भाइ मसला, कपडा र खाद्यवस्तुकाे धेरै प्रयोग गरिन्छ । भारती बजारकमा नेपाली बजारको तुलनामा केही कम मूल्यमा समान पाइने भएपछि नेपाली उपभोक्तहरू भारतीय बजार पुग्ने गर्दछन्।
यहीँ समयको माैकाछाेपी कतैकतै त भारती व्यापारीले एक सय भारती रूपैयाँकाे ८ रूपैयाँ सम्म कमिसन (बट्टा ) लिने गरेको स्थानीयको गुणासो छ ।
नेपाली रूपैयाँकाे किन अवमूल्यन गरेको भनी प्रश्न गर्दा भारतीय व्यापारीले समान लिन मन भए (बट्टा) तिर नभए जाओ भन्ने गरेको स्थानीयले गुणासो गरेका छन् ।