
सर्लाही,कार्तिक – १५, रेडियो निगरानी १०७ मेगाहर्जको आजविधिवत समुद्घाटन गरिएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका- ६ स्थित बलयवास बजारमा रहेको रेडियोको संविधानसभा सदस्यपूर्व मन्त्री शम्भुलाल श्रेष्ठले रिवन काटेर समुदघाटन गरेकाहुन् ।
रेडियोका संस्थापक राकेश गुप्ताको अध्यक्षतामाभएको समुदघाटन समारोहमा प्रमुख अतिथि श्रेष्ठसहित ईश्वरपुर नगरपालिकाकी उपमेयर रंजितादेवी चौधरी, संस्थापक मेयर मनोज कुमार देवकोटा, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, समाजसेवी उत्तमराज शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष टंक क्षेत्री, नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्णप्रसाद थपलिया, ईश्वरपुरका विभिन्न वडाका वडाअध्यक्ष, विभिन्न पार्टीका प्रतिनिधिहरुले शुभकामना व्यक्त गर्दै रेडियोको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

रेडियोको कार्यालयमै भएको उद्घाटन समारोहका अवसरमा रेडियोको तर्फबाट प्रमुख अतिथि श्रेष्ठलाई प्रसंसापत्र तथा अन्य अतिथिहरुलाई मायाको चिनोबाट सम्मान गरिएको थियो ।
रेडियोको विधिवत उद्घाटन भएसँगै आजदेखि रेडियोले आफ्नै उत्पादनमा स्थानीय समाचार प्रसारण गर्न सुरु गरेको छ ।

रेडियोले प्रत्येक दिन विहान ५ बजे, ८ बजे, विहान ११ बजे, दिउसो २ बजे, ४ बजे, बेलुकी साँढे ६ बजे बज्जिका भाषाको समाचार र मुख्य बुलेटिन बेलुकी सात बजे प्रसारण् गर्ने रेडियो निगरानीका स्टेसन मेनेजर साेम दियालीले चियाेचर्चाे खबरलाई जानकारी दिए ।