सर्लाही,कार्तिक -१५,जिल्लाको धनकौल गाउँपालिका वडा नं.- २ मन्त्री टोलमा आज (बिहिवार)करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षिय जितेन्द्र सिंह रहेका छन ।
मृत्क सिंहले आफनै घरको छतमा दिपावलीको लागि तार जोडने क्रममा अचानक करेन्ट लागेर गम्भिर घाइते भएका थिए ।

मृतक सिंह घाइते भएपछि उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा उपचार पश्चाच थप उपचारको लागि जनकपुर तर्फ लगिएको मा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

मृत्क सिंहको शव पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।