महाेत्तरी, चैत्र १२ ,महाेत्तरीमा गाैशाला नगरपालिका तथा UNDP काे आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकाे सहजीकरणमा कृषक समुहहरुलाई कृषि यन्त्र हस्तान्तरण गरेको छ । बुधबार गाैशाला नगरपालिका तथा UNDP काे आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकाे सहजीकरणमा नगरप्रमुख: शिवनाथ महताेद्वारा कृषक समुहहरुलाई कृषि यन्त्र हस्तान्तरण गरेको हाे ।
गाैशाला नगरपालिका तथा UNDP काे आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवास – १ महाेत्तरीद्वारा सञ्चालित काेभिड १९ का कारण राेजगारी गुमाएका अति विपन्न परिवारहरुलाई आय आर्जन तथा राेजगारी विकास परियोजना अन्तर्गत यस क्षेत्रका व्यवसायीक अगुवा कृषकहरूकाे लागि गहुँ तथा धान काटने १ थान रेपर (मेशिन) उपलब्ध गराएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष: नागदेव यादवले बताए । रेपर (मेशिन) ले एक घण्टामा करिब दश कठ्ठासम्म काटने गर्दछ । साथै कम खर्चमा गहुँ तथा धान काटनुका सँगै समयको पनि बचत हुन्छ अध्यक्ष: यादवले बताए ।
यसैगरी तरकारी तथा फलफूल खेती गर्ने कृषकहरूकाे लागि गाेडमेल गर्न तथा माटो खुकुलो गर्नका लागि वेडर मेशिन (कृषि यन्त्र) एक – एक गरि चार वटा कृषक समुहहरुलाई हस्तान्तरण गरेको नगरप्रमुख: महताेले बताए । कृषकहरूकाे सरल तथा सहजताकाे लागि UNDP बाट नयाँ किसिमको प्रविधिहरु संचालन गर्न सहयोग गरेको छ । यो मेशिनले १ लिटर पेट्रोलमा करिब साढे चार घण्टासम्म काम गर्ने क्षमता रहेको छ ।
मेशिन पाएपछि यसक्षेत्रका कृषक समुह अगुवा किसानहरु हर्षित भएका छन् ।
भविष्यमा पनि यस्तो किसिमको कृषि यन्त्रहरु तथा नयाँ प्रविधिबाट खेती हुने प्रविधिहरु उपलब्ध हुने उनिहरुकाे अपेक्षा छ ।
गाैशाला नगरपालिका तथा UNDP काे आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवास – १ महाेत्तरीद्वारा सञ्चालित काेभिड १९ का कारण राेजगारी गुमाएका अति विपन्न परिवारहरुलाई आय आर्जन तथा राेजगारी विकास परियोजना अन्तर्गत १ करोड ३७ लाख, UNDP बाट १ करोड २ लाख, गौशाला नगरपालिका र बर्दिवासस्थित सामुदायिक विकास तथा पैरवी मञ्चको ४ लाखको लागतमा गौशाला नगरपालिकाको वडा नं. ३, ८, १० र १२ मा करिब ४ करोडको लगानीमा दलित समुदायका गरिव परिवारलाई जीविकाे पार्जनका लागि आर्थिक रुपमा सहयोग गर्दै आएको अध्यक्ष यादवले जानकारी दिए।