सर्लाही,कार्तिक -१३, जिल्लाको बरहथवा नगरपालिका वडा नं- ९ मुर्तियामा विभिन्न पार्टी परित्याग गरि ४ दर्जन बढी  नेपाली कांग्रेसमा प्रवेस गरेका छन्।
नेपाली कांग्रेस सर्लाहीका काेषाध्यक्ष बिगु चाैधरीका अनुसार मंगलवार नेपाली कांग्रेस वडा कार्य समिति  बरहथवा वडा नं- ९ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि चार दर्जन बढी  नेपाली कांग्रेस प्रवेश गरेका हुन ।
नव प्रवेशिलाई नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति,संगठन विभाग प्रमुख पूर्व स्वास्थ तथा जनसंख्या मन्त्री सांसद वीरेन्द्र प्रसाद सिंहले पार्टीमा स्वागत गरेका छन् ।


कार्यक्रमका मन्तव्य राख्दै  प्रमुख अतिथि सिंहले लाेकतन्त्रकाे स्थािथात्वर र देश बिकासका लागि नेपाली कांग्रेस बाहेक कुनै पनि राजनीति शक्तिले काम गर्न नसक्ने दाबी गरे।उनलेे नेपाली कांग्रेस पार्टीकाे झण्डा मुनी रहेर देश बिकाशकाे महाअभियानमा सहभागी हुन आग्रह गरे ।
त्यस्तै नेपाली कांग्रेस सर्लाहीका सभापति एवम् कार्यक्रमका विशिष्ट अतिथि सुरेन्द्र प्रसाद सिंह,चाैक चाैराहमा बसि नेपाली कांग्रेसकै चिया खाएर नेपाली कांग्रेसकै कुराकाट्ने कार्य नगर्न आग्रह गर्दै, सवै कांग्रेस कार्यकर्तालाई एकजुट भएर अघि बढ्दैन आग्रह गरे ।
उनलेे नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर – ३ सांगठनिक हिसाबले  बलियो भए पनि  गुट उपगुटका कारण कमजोर भएको उल्लेख गर्दै, चुनावका बखत  जसले टिकट पाएपनि सबै मिलेर जिताउने परिपाटीको बिकास गर्न  आग्रह गरे ।


कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति सुरेन्द्र सिंह, संविधानसभा सदस्य नेता हरेश महतो,महासमिति सदस्य कृष्णदेव यादव,रघु कार्की ,मधेस प्रदेश कार्यसमिति सदस्य साेनीकुमारी  बम्जन सर्लाही काेषाध्यक्ष बिगु चाैधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तह र तप्काका का नेता कार्यकर्ता निर्वाचित जनप्रतिनिधिकाे सहभागिता रहेको थियो ।


त्यस्तै नेपाली कांग्रेस  चन्द्रनगर गाउँपालिकाले पनि दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम  गरेको छ।
गाउँपालिका अध्यक्ष समेत रहेका कांग्रेस नेता  राजकुमार महताेकाे सभापतित्व तथा  नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहकाे प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हाे ।
कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तह र तप्काका का नेता कार्यकर्ता निर्वाचित जनप्रतिनिधिकाे सहभागिता रहेको महासमिति सदस्य साेनेलाल साहले जानकारी दिए ।