सर्लाही,कार्तिक -१२, जिल्लाकाे लालबन्दीमा गुणस्तरीय सिकाइका लागि स्थानीय तह तथा विद्यालयहरूकाे क्षमता अभिवृद्धि र शिक्षा समुह गठन कार्यशाला गरिएको छ ।
लालबन्दी नगरपालिका प्रमुख (मेयर ) वासुदेव अधिकारी अध्यक्षतामा कार्यशाला गरिएको हाे । कार्यक्रममा नगर प्रमुख अधिकारीले विपद् बाजा बजाएर नआउने भएकाले सचेत भई सामना गर्न तयारी अवस्थामा रहन आवश्यक रहेको बताए ।
विपद्काे अवस्थामा पनि पठनपाठन प्रभावित हुन नदिने उद्देश्यले कार्यक्रम सुरू भएको बताउँदै, शिक्षा समूह गठन गर्दा विपद्बबाट बच्नकाे लागि प्रतिकार्य क्षमता अभिवृद्धि गरि परिणाम मुखि काम गर्न आग्रह गरे ।
कार्यक्रम लालबन्दी नगरपालिकाकि उपप्रमुख कल्पना माया पाख्रिङले सवै खालका विपद् बाट जाेगिन सचेत रहन आवश्यक रहेको बताइन् ।
लालबन्दी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लक्ष्मी शिवाकोटीले विपद्ले सवै खालका क्षेत्रमा प्रभाव परे जस्तै शिक्षा क्षेत्र पनि प्रभावित हुने गरेको बताइन् । प्राकृति र गैरप्राकृतिक विपद्का कारण विद्यालयमा पठनपाठन प्रभावित नहुने गरेकाले ( विपद् शिक्षा समूह ) गठन गरि विपद् मा पनि शिक्षा क्षेत्र प्रभाव मुक्त पार्ने प्रयास भएको बताइन् ।
कार्यक्रममा लालबन्दी नगरपालिका विपद् तथा वातावरण शाखा प्रमुख सुरेन्द्र खतिवडाले नगर भित्र विपद् जाेखिम न्यूनीकरणका लागि , नगर प्रमुखको अध्यक्षतामा नगर स्तरीय विपद् समिति गठन गरि प्रकृति र गैरप्राकृतिक विपद् न्यूनीकरणका प्रयास थालिएको बताए ।
उनलेे विपद् व्यवस्थापनको लागि लालबन्दी नगरपालिकामा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७५ जारी गरिए ,विपद् व्यवस्थापन सञ्चालन कोष,२०८१,विपद् प्रतिकार्य मापदण्ड, २०८१,आपतकालिन कार्य सञ्चालन कार्यविधि ८० जारी भइसके जानकारी दिए ।
पिपुल प्रमाेट सेन्टर सर्लाहीका प्रमुख माेहन ठाकुरले कार्यक्रमकाे उद्देश माथि प्रकाश परेका थिए ।
शिक्षा समुह समेत गठन गरिएको कार्यशालामा लालबन्दी नगर क्षेत्रका विद्यालयका व्यवस्थापन समुह अध्यक्ष , प्रधानाध्यापक ,शिक्षक, स्वास्थ्य संस्थाका प्रमुख, रेडक्रस, विभिन्न शाखाका प्रमुख तथा पत्रकारको सहभागिता रहेको थियोे ।