राजु तामाङ/ सर्लाही
कार्तिक १०, जिल्लाकाे हरिपुरमा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ अन्तर्गत अन्तिम क्वाटरफाइनलमा आयोजक निलोले गौरीशंकरलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
सानो जगतपुर खेल मैदानमा शनिवार सम्पन्न क्वाटरफाइनल खेलमा आयोजकले गौरीशंकरलाई ५-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा आयोजकले सोमवार जन जागृति क्लब रामपुर सँग प्रतिस्पर्धा गर्नेछन ।
खेलको छैठौं मिनेटमा शिव चौलागाइले गोल गर्दै आयोजकलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २४ र २५ औं मिनेटमा शिवले नै ह्याट्रिक गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा गौरीशंकरले सुधारिएको खेल प्रस्तुत गर्याे केही राम्रा अवसर पनि प्राप्त गर्याे दोस्रो हाफको नवौं मिनेटमा गौरीशंकरका निश्चल कुमरको प्रहार गरेको बल गोल पोष्ट नजिकबाट बाहिरीयाे। लगत्तै १५ औं मिनेटमा निश्चलले गोल गर्दै खेललाई लयमा फर्काउने संकेत गरे पनि अन्तत त्यो प्रयास पय्राप्त हुन सकेन।
गौरीशंकरले केही आक्रामक खेले पनि गोल गर्न नसक्दा झन आयोजकले गोल थप्याे, दोस्रो हाफको २५ र ३० औं मिनेटमा आकाश रानाले गोल गर्दै टिमलाई जित दिलाए । खेलको हिरो अफ द म्याच आयोजकका प्रज्वल मगर चुनिए । उनलाई क्लबका संस्थापक अध्यक्ष हेम बहादुर थापाले नगद पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा आइतवारबाट सेमिफाइनलका खेलहरु सञ्चालन हुनेछन । आइतवारको पहिलो सेमिफाइनलमा रोमन फुटबल क्लबले अल्टोकी युवा क्लबको सामाना गर्नेछन । कार्तिक ३ गतेबाट सुरु भएको प्रतियोगितामा आयोजकको दुई टिम गरि १४ टिमको सहभागीता रहेको थियो फाइनल खेल भने कार्तिक १४ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।