रामबाबु खड्का /सर्लाही
कार्तिक -४,फुलपातीको दिनबाट प्रदर्शनमा आएको चलचित्र ज्वाइँसाबले लगानी उठाउने पकापक्की भएको छ। निकै कम शो पाएको चलचित्र ज्वाइँसाब´ ले यस्तो अवस्थामा पनि तीन करोड २५ लाख ग्रस कलेक्सन गरेको छ। वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु नेपाल र नीति शाह शीर्ष भूमिकामा रहेका छन्। बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायत कलाकारहरूको चलचित्रमा अभिनय छ।

दर्शकले निकै रूचाएको चलचित्र यहीँ गतिमा अघिबढे ज्वाइँ साबले अब लगानी उठाउनेमा कुनै दुईमत छैन। दशैमा संचालन भएका चलचित्र यसवर्ष तिहारसम्म चल्ने निश्चित जस्तै छ। दिपावली आउँन अझै करिव १० दिन बाँकी छ। हलहरुमा अहिलेसम्म तीनवटै चलचित्र हाउसफुल रुपमा चलिरहेका छन।

पछिल्लो समय छक्का पञ्जा ५ र १२ गाउँको शो केही घटेको छ भने ज्वाइँसाब शो बढेको छ। सर्लाहीको लालबन्दी र हरिवनमा १/१ शो ज्वाइँसाब प्रदर्शन भएको छ भने मंगलवारदेखि बरहथवा पनि प्रदर्शनको तयारीमा छ। यस सिजनमा प्रदर्शन भएका तीन नेपाली चलचित्र मध्ये दिपक र दिपाश्रीको चलचित्रछक्का पञ्जा ५´ ले १२ करोड भन्दा माथि ब्यापार गरिसकेको छ।


त्यसैगरी विराज भट्टको चलचित्र १२ गाउँले १० करोड भन्दा माथिको ब्यापार गरेको छ। तर , चलचित्र ज्वाइँ साबले दर्शकको माया र साथ पाउँदा पनि पनि प्रर्याप्त शो नपाएपछि सोचे अनुसारको ग्रस कलेक्सन गर्न भने सकेन ।