रामबाबु खड्का/सर्लाही
यस वर्षको तीहारमा दुईवटा नेपाली चलचित्रले प्रदर्शनको तयारी गरेका छन।ती चलचित्र हुन सानो संसार´ रपुर्णबहादुरको सारंगी ।
गन्धर्व समूदायको कथामा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ र वैदेशिक रोजगारी युवाको बाध्यतासँगै गरिब परिवाको कथाबस्तु समेटेर बनाइएको चलचित्र सानो संसार ।
पुर्णबहादुरको सारंगी´ का लेखन तथा निर्देशन सरोज पौडेल हुन । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतका कलाकारले अभिनय गरेका छन। लामो समयसम्म म्युजिक भिडियो क्षेत्रमा रहेका प्रकाश सपूत यस फिल्मको महत्त्वपूर्ण भुमिकामा देखिने भएका छन्। उनले पछिल्लो समय म्युजिक भिडियोलाई भन्दाबढी समय ठुलो पर्दाका चलचित्रलाई दिन थालेका छन।

चलचित्रमा केही नयाँ कलाकार पनि भित्र्याएका छन । त्यसैगरी सिद्धार्थ पुडासैनीले निर्देशन गरेको चलचित्र होसानो संसार´ ।साधारण विषयवस्तुलाई गम्भीर ढंगले उठाइएको चलचित्र सानो संसारको लगानी पनि सानो छ। नेपाली चलचित्र निर्मातालाई सानो लगानीमा पनि चलचित्र तयार गर्न सकिन्छ भन्ने सानो संसारले उदाहरण दिएको छ।
पुर्ण पारिवारिक कथावस्तुमा निर्माण भएको यस चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेना मुख्य भूमिका छिन । राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ ।


चलचित्र सानो संसारका सबै कलाकार नया हुन। कलाकार नयाँ भए पनि उनीहरुको अभिनय अब्बल देखिएको छ।
चलचित्रको ट्रेलरलाई दर्शकले राम्रोसँग मन पराएकाले चलचित्र सफल बन्ने निर्माताको दावी छ ।
तीहारमा प्रदर्शन हुने भनिएको अर्को चलचित्र ‘एक्टर’ को प्रदर्शन मिति हेरफेर गरिएको छ।
यसअघि कात्तिक १५ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म पूर्वनिर्धारित मितिमा रिलिज नहुने भएको हो।


फिल्मलाई माघ १६ गतेदेखि प्रदर्शनमा ल्याइने निर्माताले जनाएको छ । यस्तै चलचित्रबाट दिलिप रायमाझीको छोरी दिव्या रायमाझी डेव्यु गर्दै छिन ।
चलचित्रमा प्रदीप खड्का सहित राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव, सुशील सिटौल, उषा रजक लगायत कलाकारहरूको अभिनय रहने छ।