सर्लाही,कार्तिक -४, गएराति पानीसँगै चलेको हावाहुरीका कारण जिल्लाकाे लालबन्दी -१ नवलपुर स्थित बागवानी जंगलमा रुख ढलेर तार चुुडिँदा लालबन्दी क्षेत्रमा रातिदेखिनै विद्युत अवरुद्ध भएको छ।
लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवका अनुसार  हावाहुरीले बागवानी क्षेत्रमा बिजुलीको तारमा क्षति पुगेको छ ।उनका अनुसार अहिले  मर्मत कार्य भइरहेको छ । मर्मत पछि  लालबन्दी, पत्थरकोट, परवानिपुर, रानिगन्ज, घारिबथानलगायत क्षेत्रको अवरुद्ध विद्युत सेवा सुचारु हुने छ ।


लामाे समय विद्युत अवरुद्ध  हुँदा स्वास्थ्य सेवामा प्रदानमा समेत समस्या भएको लालबन्दी नगर अस्पताल प्रशासनले जनाएको छ । भाइरल ज्वरोको प्रकाेप बढिरहेको समयमा  लामाे समय विद्युत नहुदा ल्याब,भिडियो एक्सरे एक्सरे सेवा प्रभावित हुदा बिरामीहरू निराश भएर फर्किरहेका छ ।


विद्युतबाट सञ्चालन हुने प्रायः सबै खालका काममा अबरोध सृजना भएको छ ।बिहान सबेरैबाट ढलेका रुखहरू हटाएर विद्युत सूचारु गराउन प्रयास भइरहेको लालबन्दी वितरण केन्द्रले जनाएको छ।