कृष्ण थपलिया/ ईश्वरपुर
चैत्र, ९- सर्लाहीको ईश्वरपुर उद्योग वाणिज्य संघ को अध्यक्षमा मनोज साह बिजयी भएका छन् । आईतवार साझँ सम्पन्न मत परिणाम अनुसार साहले आफ्ना निकटतम प्रतिद्वंदी भन्दा ८३ मत बढी प्राप्त गरि बिजयी भएका हुन् । साहले १७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वंदी मिथिलेस प्रसाद यादवले ८७ र रामचन्द्र साहले ८ मत मात्र प्राप्त गरे ।
संघमा आवद्धभएका २८१ जना व्यवसायीमध्ये २६६ जनाले मतदान गरेका थिए । मतदानमा खसेको एउटा मत भने बदर भएको उद्यो वाणिज्य संघ ईश्वरपुरले जनाएको छ । आईतवार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो ।, अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्षमा सहमती जुट्न नसकेपछि चुनाव नै गर्नुपरेको थियो । संघको उपाध्यक्षमा दुर्गा अधिकारी, महासचिवमा विनोदप्रसाद साह, कोषाध्यक्षमा शारदा मैनाली, सचिवमा सन्तोष कुमार राय, सदस्यहरुमा नवीन सिलवाल, प्रमोद साह, नागेन्द्र साह, रामनाथ महतो, आकाश कुमार यादव र जितेन्द्र साह यस अघिनै चयन भएका थिए । उनिँहरु सबै सर्वसम्मत चयन भएका हुन् ।