
रामबाबु खड्का /सर्लाही
असाेज-२४,यस वर्षको दशै लक्ष्यित तीन चलचित्र आज फुलपातीबाट प्रदर्शनमा आएको छ ।
दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा-५’, वसन्त निरौलाको निर्देशनमा बनेको ‘ज्वाइँ साब’ र विराज भट्टको ‘१२ गाउँ’ बिहीवार फुलपातीबाट प्रदर्शनमा आएका हुन।
निकै चर्चा रहेको छक्का पञ्जा ५´ देश भरका विभिन्न सिनेघर सहित सर्लाहीको लालबन्दी, हरिवन र बरहथवाको तीन चलचित्र घरमा प्रदर्शन भएका छन ।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा ५’ मा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा ,वर्षा सिवाकोटी,राजाराम पौडेल, लोकेन्द्र लेखक, ब्रजेश खनाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे लगायतले अभिनय गरेका छन् । आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको सिनेमाको मुख्य भुमिकामा दिपकराज गिरी , वर्षा सिवाकोटी केदार घिमिरे माग्ने बुढा रहेका छन। कलाकार दिपकराज गिरी सरकारी कर्माचारीको भुमिकामा छन् भने नायिका वर्षा सिवाकोटी रेडियो कार्यक्रम संचालक आरजेको भुमिकामा देखिन्छन । चलचित्र
छक्का पञ्जा ५´ ले स्थानीय तहामा हुने गरेको बेथिति ,भ्रष्टाचार , जनप्रतिनिधि र ठेकेदार बीचहुने आर्थिक भागबन्डा लगायतको विषयवस्तु समेटिएको छ।

देशमा बढ्दो बेरोजगार र युवायुवतीको बढ्दो विदेश मोहलाई पनि चलचित्रमा उतारिएको छ। बिहीवारबाट प्रदर्शनमा आएको चलचित्रले मोफसलमा सोचेको जस्तो दर्शक तान्न भने सकेन्।लालबन्दी र हरिवनका दुई हलले राम्रै दर्शक तानेपनि वरहथवामा भने दर्शकको उपस्थित देखिएन ।
समग्र चलचित्र राम्रो भएपनि दिपाश्री निरौलाको भुमिका नहुदा चलचित्र फिक्का भएको सिनेमाघरमा पुगेका दर्शकले महशुस गरेका छन्।
‘छक्कापञ्जा ५’ मा समाबेश दुई गीत ‘बिहे भाको छैन ,कुमारी नि हैन ’ र ‘ब्रेकअप’ले दर्शकलाई आकर्षित गरेको थियो । त्यसैगरी आजदेखि नै सिनेमाघरमा आएको अर्को चलचित्र ‘ज्वाइँ साब’मा पुरानो छक्का पञ्जाको टिक समावेश भएकाले एकपटक चलचित्र हेर्ने दर्शकको इच्छा देखिन्छ।
चलचित्र ज्वाइँ साब’मा जितु नेपाल मुन्द्रे, नीति शाहसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य लगायतका कलाकार छन।
ज्वाईं साब´ को मुख्य भुमिकामा जितु नेपाल र नीति शाह रहेका छन।ज्वाइँ साब बन्न पाउने अवसरको विज्ञापन सुनेपछि सम्पत्तिको लोभमा अभिनेत्री नीतिसँग विवाह गर्न युवकहरूबीच प्रतिस्पर्धा हुन्छ । र, नीतिले योग्य श्रीमान् छान्नका लागि विभिन्न प्रतियोगिता गराउछिन ।
ती सबैमा उत्तीर्ण हुनुभएका अभिनेता जितुसँग उनको विवाह हुन्छ । तर त्यसपछिको परिस्थितिले जितु वैदेशिक रोजगारीमा जान बाध्य भएको कथावस्तु ‘ज्वाइँ साब’मा समेटिएको छ ।ज्वाइँ साब हेर्दा चलचित्र छक्का पञ्जासँग केही विषयवस्तु मेल खाएको अनुमान लगाउन सकिन्छ । तर, सर्लाहीका कुनै पनि हलमा `ज्वाईं साब´ प्रदर्शन भएको छैन।

त्यसैगरी अर्को चलचित्र ‘१२ गाउँ’बाट समीर भट्टले ठूलो पर्दामा डेब्यु गरेका छन ।उनी विराज भट्टको छोरा हुन। सायद नेपाली चलचित्रमा बाबुछोरा एउटै पर्दामा देखिएको यो पहिलो सिनेमा हुनुपर्छ ।
विराजलाई यस चलचित्रबाटै छोरालाई सिने क्षेत्रमा स्थापित गराउन यो चलचित्र सफल बनाउन ठुलो चुनौती छ। भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीरले पहिलो चलचित्रबाट आफूलाई एक्सन हिरोको रुपमा स्थापित गराउने तयारीमा पर्दा देखिएका छन ।
यो चलचित्रबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि समिरसगै डेव्यु गरिकि छिन् ।
चलचित्रमा विराज भट्ट , समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल लगायतका कलाकारको अभिनय छ। चलचित्र १२ गाउँ देशका विभिन्न सिनेमा घरसगै सर्लाहीकाे वरहथवामा रहेको दिपेक चलचित्र हलमा प्रदर्शन भइरहेको छ।