प्रतिनिधि सभाका सहभागी प्रमुख अतिथि लगाएत

हरिपुर, चैत ७ – नेपाली काँगे्रस निकट शिक्षकहरुको संगठन नेपाल शिक्षक संघ सर्लाहीको जिल्ला प्रतिनिधि सभा शनिवार सम्पन्न भएको छ ।
महाविर जनता माध्यमिक विद्यालय, हरिपुरमा भएको कार्यक्रम नेपाल शिक्षक संघ, सर्लाहीका अध्यक्ष यमनाथ उप्रेतिको अध्यक्षता तथा नेपाल शिक्षक संघका संघिय कार्यसमिति अध्यक्ष राजेन्द्रराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेशका नेता तथा पूर्वमन्त्रि शम्भुलाल श्रेष्ठ, पूर्वपार्टी सभापति अशोक खनाल, पूर्वसाँसद रामचन्द्र चौधरी, संघका प्रदेश २ का अध्यक्ष मेघनाथ यादव, संघकै प्रदेश २ का महासचिव रामकृष्ण मण्डल, नेपाली काँग्रेशका क्षेत्रिय सभापति प्रमोद बराललगायतका सर्लाहीको २० वटै पालिकाबाट नेपाल शिक्षक संघका अध्यक्ष तथा संघमा आबद्ध शिक्षकहरुको सहभागितामा प्रतिनिधि सभा सम्पन्न गरिएको छ । कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष कौशल किशोर रायलाई तिनपटक सम्म अध्यक्षको रुपमा कार्यकाल सम्हाल्न सफल भएकामा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा अन्य चारजना शिक्षकलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा सभामा सहभागि हुन आउनुभएका नेपाल शिक्षक संघका संघिय अध्यक्ष राजेन्द्रराज पौडेललाई मायाको चिनो प्रदान गरी सम्मान पनि गरिएको निवर्तमान अध्यक्ष कौशल किशोर रायले जानकारी दिए ।