सुनसहित पक्रउ परेका दुई भारतीय नागरिक । तस्बिर: साैजन्य नेपाल प्रहरी ।

हेटौंडा,असोज—१९ जिल्ल प्रहरी कार्यालय मकवानपुरले ११ करोड बढी मुल्य पर्ने अवैध सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मकवानपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र भारतको महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने २७ वर्षीय राहुल भिट्टिहाल रहेका छन् ।


उनीहरुको साथबाट ८ वटा बिस्कुटको आकारको (तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम) सुन बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई बिहान ३ बजेको समयमा रोकी चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट बरामद भएको हो।


सुनको हालको बजार मुल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको प्रहरीले जनाएको छ ।
शनिवार बिहान प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।