सन्जु कर्ण/ चियोचर्चो खबर
हरिवन,चैत २—हरिवनमा सोमबार (आज) म्याद गुज्रिएका खाद्य बस्तुहरु जलाएर नष्ट गरिएको छ । केही दिन अघि हरिवन बजारबाट संकलन गरिएका प्रयोग गर्ने म्याद गुज्रिएको खाद्यवस्तुहरु सोमवार जलाएर नष्ट गरिएको उपभोक्ता हित संरक्षण मञ्च हरिवनले जनाएको छ ।
बजार अनुगमन गर्दा म्याद गुज्रिएका चाउचाउ, बिष्कुट, चकलेट, मसला, कुरकुरे, चिउरा, पिठो लगायत किरानाका सामानहरु भेटिएको उपभोक्ता हित संरक्षण मञ्च हरिवनका कोषाध्यक्ष अन्जना कडरियाले बताए ।
उपभोक्ता हित संरक्षण मञ्च हरिवनका अध्यक्ष दिल बहादुर दहाल, हरिवन नगरपालिका वडा नं.११ का अध्यक्ष शेष मेहबुब रेजा, वडा नं. १० का अध्यक्ष शम्भु मैनाली, एमाले नेता बिदुर प्याकुरेल, अनिल हमाल, गिता राउत,बिनु प्याकुरेल, पत्रकार, बिभिन्न राजनैति दलका पदाधिकारीहरुको उपस्थिती रहेकाे थियाे ।