सहमती पछि ताला खाेल्दै ,तस्विर :चियाेचर्चाे खबर

चैत्र १— सहमती पछि चन्द्रनगर गाउँपालिकामा बिगत १० दिन देखि भएको तालाबन्दी शुक्रवार (आज)बाट खुलेको छ । सर्लाही सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा आज भएको छलफलमा तत्कालका लागि गाउँपालिका कार्यालय चन्द्रनगरमै रहने सहमती पछि आन्दोलित पक्षले आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने सहमति भएको हो । नेपाली काँग्रेसबाट अध्यक्षका प्रत्यासी श्याम सिंहका अनुसार धर्ना र तालाबन्दीका कारण विगत १० दिनदेखि बन्द रहेको गाउँपालिका कार्यालयको कामकाज अब सोमवारदेखि पूर्ववत् रुपमा सूचारु हुने छ ।
चन्द्रनगरस्थित नाढीताल परिसरमा रहेको गाउँपालिकाको केन्द्र वडा नं. २ बबरगञ्जमा सार्न खोजिएपछि वडा नं. ४ का केही तथा वडा नं. ६ र ७ का सम्पूर्ण स्थानीय वासिन्दा, जनप्रतिनिधि र नेपाली काँग्रेस, नेकपा एमाले लगाए दलका नेता कार्यकर्ता फागुन २१ गते शुक्रवारदेखि आन्दोलित भएका थिए । उनिहरुले गत शुक्रावरदेखि गाउँपालिकामा तालाबन्दी गरेर मूलगेटमा धर्नामा बसेका थिए । सर्लाही सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा शुक्रवार भएको छलफलमा आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर गाउँपालिकाको कामकाज सूचारु गर्ने सहमति भएको हो ।
छलफलमा गाउँपालिका अध्यक्ष महेन्द्र महतो, अन्य जनप्रतिनिधि, चन्द्रनगरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारीलगायतको उपस्थिति रहेको थियो । जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्न फागुन २२ गते विशेष गाउँ सभा बसेको थियो तर सभामा गाउँपालिकाको केन्द्र सार्न आवश्यक पर्ने दुईतिहाई बहुमत पुग्न सकेको थिएन् । आन्दोलनरत पक्षले चन्द्रनगर गाउँपालिका मुख्य आम्दानिको श्रोत नै नाढीमन ताल रहेको र एउटा ऐतिहासीक महत्वबोकेको ठाउँ भएकाले पनि अहिले कार्याल रहेको ठाउँबाट अन्यत्र लाननहुने तर्कगर्दै आएका छन् ।