सरिता सापकोटा
बागमती, फागुन २९ – सर्लाहीको बागमतीस्थित कर्मैया स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याब) उद्घाटन गरिएको छ ।
शनिवार बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले कर्मैया स्वास्थ्य चौकीमा एक कार्यक्रमकाबीच प्रयोगशालाको उद्घाटन गरेका हुन् । प्रयोगशाला उद्घाटन कार्यक्रम बागमती नगरपालिका–१२ का वडाध्यक्ष ओम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । नगरवासीहरुलाई सहुलियत पूर्णसेवा प्रवाह गर्ने गरी नगरकै स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरिएको नगर स्वास्थ्य शाखाका सह–संयोजक पदम रायमाझीले जानकारी दिए । सह–संयोजक रायमाझीका अनुसार अब नगरवासीले रगत, दिशा, पिसाव, टाईफाईड, मलेरिया, लिवर, किड्नी लगायत सम्पूर्ण ल्याव परिक्षणको सेवा स्वास्थ्य चौकीबाटै प्राप्त गर्न सक्ने छन् ।
उक्त स्वास्थ्य चौकीमा नगरले एमविविएस डाक्टर समेत नियुक्त गरेर सेवा प्रदान गरिरहेको छ । स्वास्थ्य चौकी परिसरमै स्थापना गर्न लागिएको १५ सैँयाको अस्पताललाई समेत लक्षित गरेर प्रयोगशाला संचालनमा ल्याईएको नगर स्वास्थ्य शाखाले जनाएको छ । ल्याव उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस बागमती नगर सभापती दिपककुमार रानाभाट, नगरका विभिन्न शाखा प्रमुख, कर्मचारी लगायतको आतिथ्यता रहेको थियो ।
ल्याव उद्घाटन कार्यक्रममा बोल्दै बागमती नगर प्रमुख थापाले नगरवासीको आधारभुत आवाश्यक्ता अन्र्तगतको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा नगरले कुनै कन्चुस्याँई नगर्ने बताए ।