हरिपुर,फागुन २८ -सर्लाहीको हरिपुर चिताईनमा शुक्रवार (आज) देखि तेस्रो प्रदेश नं. २ स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ । लक्ष्मीनाथ युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा शुक्रवार महोत्तरी र सर्लाहीको बडकुर्वाले बिजयी सुरु गरेका छन् । पहिलो खेलमा महोत्तरीलाई लगातार २ सेट तथा दोस्रो खेलमा बडकुर्वाले सप्तरीमा पनि लगातार २ सेटले पराजित गरेका हुन् ।
चैत २ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले ५० हजार तथा उपबिजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र हात पर्ने छन् ।
यस्तै, १२ वटा टिम सहभागी यस प्रतियोगितामा विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको लक्ष्मीनाथ युवा क्लबका अध्यक्ष नरहरि धामीको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन समारोहमा हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मन्सुर, उपमेयर रेणुका काफ्ले, रौतहटको चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी, पूर्व सांसद रामचन्द्र चौधरी, समाजसेवी मनोज आचार्यलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका विशिष्ठ अतिथि मनोजकुमार आचार्यले खेलका अफिसियलहरुलाई १५ थान जर्सी, खेलाडीलाई एक लाखको जीवन बीमा र जग्गा उपलब्ध गराइएको खण्डमा ८ देखि १० लाख को लागतमा भलिबल कोट निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका फुल कनट्याक करातेका प्रदेश नं. २ अध्यक्ष शुवास काफ्ले जानकारीदिए ।