काठमाडौँ,भदौ -२९, राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक समाज नेपालद्वारा शनिपार काठमाडौँमा आयोजित स्रष्टा  अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटन गरेका छन् ।


सो अवसरमा राष्ट्रपति  पौडेलले   सुदुरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारिता मार्फत योगदान पुरयाउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका हुन ।
राष्ट्रपति  पौडेलले साहित्यकार राजेन्द्रसिंह रावल, अभिनेता विराज भट्ट , खेलाडी दिपक विष्ट, लाईभ देउडीया नेत्रराज शाही, निर्देशक भिममबहादुर थापा,  गायिका टिका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्तप्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्रबहादुर साउदलाई सम्मानसमेत गरेका थिए ।


राष्ट्रपति पौडेलले सामाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गरेका राष्ट्रपतिकाे सचिवालयले जनाएको छ ।