सर्लाही,भदौ -२७, ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान-२०८१’ बाट ‘गोलसिमल’ मासिक सम्मानित हुने भएको छ ।
गोलसिमल मासिक सर्लाहीको लालबन्दीबाट वि.सं.२०५९ देखि नियमित प्रकाशन हुँदै आएको साहित्यिक पत्रिका हो।
यस पत्रिकाका स्थापक सम्पादक अमृतबहादुर क्षेत्री हुन् भने वि.सं. २०६३ देखि हालसम्मका प्रधान सम्पादक तथा प्रकाशक अच्युत अधिकारी रहेका छन् ।


अधिकारी लालबन्दी नगर वाङ्‌मय परिषद्का संस्थापक अध्यक्षका साथै साहित्यिक पत्रकार सङ्घका केन्द्रीय सदस्य पनि हुन् ।
मोफसलबाट प्रकाशित साहित्यिक पत्रिकालाई गरिएको यस प्रकारको सम्मानले साहित्यिक उन्‍नयनमा लाग्नेहरूमा थप हौसला मिलेको प्रधान सम्पादक अधिकारीले बताए।


यस सम्मानको आर्थिक व्यवस्थापन आफ्नी आमाको स्मृति र सम्मानमा कवि तथा समाजसेवी योगेन्द्र खत्रीले गरेका हुन् ।