आगलागी पीडितलाई सहयोग पछि सामुहिक तस्बिरमा

धनकौल, फागुन २४—शिवशक्ति धाम पगला बाबा आश्रम एवम् नेकपा सर्लाही काठमाण्डौं सम्पर्क मञ्चले आगलागी पीडित परिवारलाई सोमवार (आज) खाध्यान्न र कम्बल सहयोग गरेको छ ।
नेकपा सर्लाही जिल्ला कार्यसमिति सदस्य फकिरा महतोको उपस्थितिमा धनकौल गाउँपालिका ५ का रामविलास महतो लगायतका ५ परिवारलाई १ सय केजी चामल ६० थान कम्बल, त्रिपाल,४० केजी चिउरा र ५ केजी नुन सहयोग गरिएको नेकपा सर्लाही काठमाण्डौं सम्पर्क पञ्चका सदस्य चन्दन सिंहले जानकारी दिएका छन् ।