![](https://www.chiyocharchokhabar.com/wp-content/uploads/2024/08/pathibhar-add-01-1-1.gif)
काठमाडौं,भदौ -१९, राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।
शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन ।
![](https://www.chiyocharchokhabar.com/wp-content/uploads/2024/08/Tirtha-r-add-80-5-27-sitaram-agro-1.gif)
राष्ट्रपति पौडेल प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिएका छन् । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उचाें पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए ।
![](https://www.chiyocharchokhabar.com/wp-content/uploads/2024/08/supar-i.gif)
सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
![](https://www.chiyocharchokhabar.com/wp-content/uploads/2024/08/pathabhara-add-1.jpg)
पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइनन् ।