धनकौल, १८ भदौ –सर्लाही क्षेत्र नं। ४ का प्रतिनिधि सभा सदस्य डा। अमरेशकुमार सिंहलाई कांग्रेस कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् ।
स्थानीय कांग्रेस नेताका अनुसार धनकौल गाउँपालिका वडा नम्बर (२ स्थित गाउँपालिका अध्यक्ष राम आश्रय साहको घर कम्पाउण्ड नजिकै टेण्ट गाडेर मञ्च बनाई गालीगलौजको शैलीमा भाषण गर्न थालेका प्रतिनिधि सभा सदस्य सिंहलाई स्थानीय कांग्रेस कार्यकर्ताले ढुंगा प्रहार गरेका हुन् ।


धनकौल गाउँपालिका अध्यक्ष एवम् सर्लाही क्षेत्र नम्बर (४ का क्षेत्रीय सभापतिसमेत रहेका राम आश्रय साहकै घर कम्पाउण्डसंग सीमा जोडियका अध्यक्ष साहका काकाको आगनमा मञ्च बनाएर गाउँपालिका अध्यक्ष एवम् क्षेत्रीय सभापति तथा केन्द्रीय नेतृत्वको बिरोधमा गालीगलौजको शैलीमा भाषण गर्न थाले पछि , संसद सिंह माथि ढुंगामुढा प्रहार गरिएको कांग्रेस नेताको दाबी छ ।


झउहाँले धनकौलमा अन्य एकदुई ठाउँमा पनि कार्यक्रम गर्नुभयो थियो कसैले बिरोध गरेका थिएनन् ,झक्षेत्रीय सभापतिकै आगनमा मञ्च बनाएर ४०र५० जना मान्छे जम्मा गरेर क्षेत्रीय सभापतिको विरोधमा विष बमन गर्न थालेपछि असह्य भएर स्थानीयले ढुंगामुढा गरेका हुन, नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति समेत रहेका पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले चियोचर्चो खबरसंग भने ।


आफू पनि १र२ दिन देखि कार्यक्रममा व्यस्त रहेकाले थप बुझ्न बाकी रहेको उनले बताए ।
ढुंगामुढा प्रहार गरिए पछि सुरक्षाकर्मीले सांसद सिंहलाई करिब १ डेढ घण्टा मञ्च नजिकै रहेको घर भित्र सुरक्षा घेराउमा राखेको थियो । सांसद सिंह भित्र रहदा कांग्रेस स्थानीय कार्यकर्ताले उनी बिरूद्ध नाराबाजी गरेका थिए ।
पछि प्रहरीको सुरक्षा घेरामा सांसद सिंह सुरक्षित घर पुगेका थिए।