प्रतिकात्मक तस्विर ।

धनुषा,भदौ—१४, फोहोर उठाउने विषयमा भएको विवाद धनुषामा एक जनाको हत्या गरिएकाे छ ।
धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार हत्या हुनेमा सिराहा नगरपालिका वडा नम्बर ३ का राकेश कुमार बर्मा रहेका छन् ।


फोहोर उठाउने विषयमा विवाद हुँदा ज्यालादारीमा काम गर्ने अर्का कर्मचारी प्रकाश यादवले बेल्चाले प्रहार गर्दा बर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुइ जनाबिच आज (शुक्रवार) बिहान नेपाल आयल निगमको डिपोमा विवाद भएको थियो ।


धनुषा क्षिरेश्वरनाथ नगरपालिका स्थित नेपाल आयल निगममा ज्यालामा काम गर्ने यादव धनुषा नगरपालिका वडा नम्बर ३ का स्थानीय रहेका प्रहरीले जनाएको छ ।
हत्या आरोपमा पक्राउ परेका यादवसँग घटनाबारे सोधपुछ भइरहेको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक पूर्व पत्रकार हुन ।