लालबन्दी, फागुन २२ – सर्लाहीको लालबन्दी नगरपालिकामा एक पूर्ण अपांग महिलालाई ह्वीलचेयर प्रदान गरिएको छ ।
लालबन्दी नगरपालिका–५ रन्जितपुर निवासी पूर्ण अपांग गंगा बडाललाई शनिबार लायन्स क्लब अफ लालबन्दी सिटीले ह्वीलचेयर प्रदान गरेको हो । स्थानीय रामहरि बडालकी छोरी २६ वर्षीया गंगालाई शनिबार बिहान घरमै पुगेर ह्वीलचेयर प्रदान गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए । लायन्स क्लबले समय–समयमा अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचेयर तथा बेसहारा परिवारलाई आवश्यक सहायता सामग्री प्रदान गर्दै आइरहेको छ ।