तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ, साउन ३२ – गृहमन्त्री रमेश लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदन कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग आग्रह गरेका छन् ।
गृह मन्त्रालयमा बिहिवार भएको भेटमा गृहमन्त्री लेखकले कतारका राजदूत मिसाल बिन मोहम्मद अलसंग यस्तो आग्रह गरेका हुन ।

गृहमन्त्री लेखकलले राजदूतसंगको भेटमा कतारमा रहेका नेपाली कामदारलाई २४ घण्टानै बीमाको व्यवस्था तथा कतारमा रही ज्यान गुमाएका एवम् घाइते भएका नेपालीको राहत र उद्धारमा जोड दिन आग्रह गरे । उनले कतारका विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरे ।


राजदूतसंगको भेटमा सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउनेपर्नेमा मन्त्री लेखकले जोड दिएका थिए । कतारी राजदूत अन्सारीले बिपीन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी जानकारी दिएका थिए । राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले कतारको विकासमा नेपालीले गरेको सहयोगको प्रशंसा गरेका मन्त्रालय श्रोतले जनाएको छ ।