
सर्लाही,साउन-७, जिल्लाकाे चन्द्रनगर गाउँपालिका रतनपुर निवासी पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या गरिएको छ ।
उनी राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

चन्द्रनगर गाउँपालिका रतनपुर का ८० वर्षीय यादवको गएराती धारिलो हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।
टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा आफ्नै घरमा रायकाे शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख बिनोद पोखरेल नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगी छानबिन प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।
शवकाे पाेषमार्टमकाे लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
मृतक राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य समेत हुन ।