सर्लाही,असार-२०,जिल्लाको हरिपुर नगरपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ।
हरिपुर नगरपालिकाको आयोजना तथा साकार मिडिया सेन्टरको सहजीकरणमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।


सार्वजनिक सुनवाइ कार्यक्रममा सहभागीले  गुणासो तथा सुझाव जनप्रतिनिधि तथा कर्मचारी माझ राखेका थिए ।
कार्यक्रममा बालविवाह, विकास निर्माणका कार्यहरु, तेस्रो लिंगी, स्यानेटरी प्याड विभिन्न धर्म लगायतको  विषयमा प्रश्न गरिएको  थियाे ।


कार्यक्रममा उठेका प्रश्नको नगर प्रमुख गोपाल पंजियार, वडा अध्यक्ष र सम्बन्धित शाखाका कर्मचारीले जवाफ दिएका थिए ।