सर्लाही ,जेठ -२५, जिल्लाकाे हरिपुर नगरपालिका का प्रमुख (मेयर ) गाेपाल पंजियारले नगरका ६३ जना किसानलाई कृषि सामग्री वितरण गरेका छन् ।
मेयर पंजियारले शुक्रवार (आज) एक कार्यक्रमकाे आयोजना गरि नगरका ९ वटा समुह र ११ वटा कृषि तथा पशुपन्छी फर्म मा आबद्ध ६२ जना कृषकलाई कृषि सामग्री वितरण गरेका हुन ।


किसानहरूकाे ३० प्रतिशत लागत सहभागीतामा नगरपालिकाले किसानलाई कृषि सामग्री प्रदान गरेको कृषि शाखा प्रमुख रामगणेश मण्डलले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
हरिपुर नगरपालिकाकाे ५ लाख ९८ हजार १ सय ५० रूपैयाँ र स्थानीय किसानकाे २ लाख ५६ हजार ३ सय ५० गरि जम्मा
८ लाख ५४ हजार ५ सय काे लागतमा ३० वटा स्प्रियर ट्याङ्की र ३२ वटा माेटर वितरण गरिएको कृषि शाखा प्रमुख मण्डलले जानकारी दिए । जसमा ३ इन्च माेटर १२ वटा २ इन्च माेटर १० वटा र डेढ इन्चको १० वटा माेटर रहेका छन्।


कृषि सामग्री वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महताे, नगरका कर्मचारी ,स्थानीय नागरिककाे सहभागिता रहेको थियो ।