सर्लाही, जेठ -२५ ,प्रदेश सभा सदस्य बेची लुंगेली मधेस प्रदेश सरकारकाे खानेपानी ,उर्जा तथा सिचाई मन्त्रीमा नियुक्त भएकी छिन् ।
नेकपा एकीकृत समाजवादीकाे तर्फबाट सर्लाही क्षेत्र नं १ (ख) मा प्रदेश सभा सदस्य निर्वाचित लुंगेली मधेस प्रदेश सरकारले आज (शुक्रवार ) गठन गरेको मन्त्री मण्डल पर्न सफल भएकी हुन ।
अघि पटक उनी मधेस प्रदेश सरकारकाे श्रम तथा यातायातमन्त्री नियुक्त भएकी थिइन ।
सर्लाहीको लालबन्दी -७ स्थायी घर भएकी लुंगेली मन्त्रीमा पुनः नियुक्ति भएपछि उनलाई सामाजिक सञ्चालनबाट बधाई दिइरहेका छन् ।
त्यस्तै संघीय सरकारका पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीका पत्नी विमला अन्सारीले गृह, संचार तथा कानून मन्त्रालयको जिम्मेवारी प्राप्त गरेकी छन् । उनी मलंगवा नगरपालिका–३, का स्थायी वासिन्दा हुन । अन्सारी नेपाल समाजवादी पार्टीको मधेश प्रदेशसभाकाे एकमात्र सांसद हुन् ।
मधेश सरकारमा यसपटक नागरिक उन्मुक्ति पार्टीकी पनि समावेश भएको छ । एकमात्र समानुपातिक सांसद रहेको उक्त पार्टीबाट प्रदेशसभा सदस्य उर्मिला चौधरी श्रम तथा यातायात मन्त्रीमा नियुक्त भएकी छन् । उनी ईश्वरपुर नगरपालिका–९ की स्थायी वासी हुन । उनिसहित सर्लाहीका ३ महिला सांसद मधेस प्रदेश सरकारकाे मन्त्री नियुक्त भएका छन् ।