मलंगवा,फागुन २०—सर्लाहीको मलंगमा ढलान गर्दै गरेको छतबाट खसेर .२० वर्षीय युवको मृत्यु भएको छ । गए साँझ मलंगवा नगरपालिका ४ पानी टंकी स्थित रामबाबु साहको घरको दोश्रो तला ढलान गर्ने क्रममा लेवरको काम गर्दै आएका कौडेना गाउँपालिका —२ ईनर्वा बस्ने पुकार मुखियाको छोरा श्यामबाबु मुखियाको ज्यान गएको हो ।
छतबाट लडी घाईते भई उपचारको लागी जिल्ला अस्पताल मलंगवा लादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतकको लास पोस्टमार्टामको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको र घट्नको सम्वन्धमा अुसान्धान भईरको प्रहरीले जनाएको छ ।