सर्लाही, जेठ —२४, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल,नेपालको संयुक्त टोलीले जिल्लाको लालबन्दी नगरपालिका,वडा नं —१४, डाईनि खोला भन्दा माथी लङ्गुर डाँडाबाट ठुलो परिमाणमा नेपालमा हालसम्म प्रतिवन्धित लागू औषधको गाँजा बरामद गरेको छ ।
प्रहरीका अनुसार जिल्लाका केहि भागमा लागू औषध गाँजाको उत्पादन, प्रशोधन, भन्डारण र विक्रिबितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय,लागु औषध नियन्त्रण व्यूरो जनकपुर शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नेपालको न. १० गण सर्लाहीको संयुक्त टोलीले हिजो बुधवार १ हजार ६ सय १२ किलो ८ सय ५० ग्राम औषधको गाँजा बरामद गरेको हो ।


जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसा बुधवार अपरान्ह ४ः ३० बजेको समयमा खटिएको प्रहरी टोलिले लालबन्दी नगरपालिका, वडा न—ं १४, डाईनि खोला भन्दा माथी लङ्गुर डाँडामा दुईवटा दुई तल्ले घरको प्रत्येक कोठाहरु कानुन बमोजिम तलासी गर्दा टाटी नभएको (खुल्ला) काठको दुई तल्ले घरको भूई तल्लामा कोठा भित्र टिनको ड्रमहरु र प्लाष्टिकको बोरा, सोही घरको माथिल्लो तल्लामा हरियो रङ्गको ५०० लिटरको ड्रम भित्र लागु औषध गाँजा फेला पारेको थियो ।
त्यस्तै घरको उत्तरी पट्टी जस्ताले छाएको छाना भएको शौचालय भित्र ड्रममा राखिएको गाँजा त्यसैगरी माटोको खपडाले छाएको र काठको टाटी भएको दुई तल्ले घरको माथिल्लो तल्लाबाट लागु औषध गाँजा भएको ड्रम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घर भन्दा अन्दाजी १०० मिटर उत्तरबाट लागु औषध गाँजा च्याप्ने मेसिन समेत फेला परेको ईलाका प्रहरी कार्यलय लालबन्दीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।


प्रहरीले उक्त लागु औषध गाँजा, १६ थान ड्रम, बोराहरु र लागु औषध गाँजा च्याप्ने मेसिन समेत बरामद गरी जनप्रतिनिधिको रोहबरमा डिजिटल मेसिनमा नापतौल गर्दा १ हजार ६ सय १२ के.जी ८ सर ५० ग्रामगाँजा जस्तो देखिने लागु औषध र सो च्याप्ने मेसिन थान–१ समेत बरामद गरि ल्याइएको प्रहरीले जनाएको छ ।
लागू औषधको गाँजा बरामद गर्न नेपाल प्रहरीको तर्फबाट प्रहरी उपरीक्षकको कमाण्डमा ८० जना र सशस्त्र प्रहरी बलबाट स.प्रनाउको कमाण्डमा ४५ जना रहेको प्रहरी टोली —लालबन्दी —१४,लङ्गुर डाडा पुगेको थियो । लागू औषधको गाँजा बरामद भएको स्थान इप्रका लालबन्दीबाट अन्दाजी २२ कि.मी उत्तर तर्फ पर्छ । लागू औषधको गाँजा बरामद भएको घर कस्को हो भन्ने अझै खुलेको छैन । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।