सर्लाही,जेठ -२३, जिल्लाकाे हरिवन नगरपालिका – १० सुखे पोखरीमा गएराति अन्दाजी साढे ११ बजे  ट्रककाे ठक्कबाट माेटरसाइकल चालकको मृत्यु भएको छ।
पुर्व पश्चिम राजमार्गकाे नयाँ रोडबाट हरिवन तर्फ जादैँ गरेको ना. ६ ख ४९८९ नम्बरको ट्रकले  बिपरित दिशाबाट आउदै गरेको ना. ६४ प ६०२५ नम्बरको माेटरसाइकललाई  ठक्कर दिदाँ माेटरसाइकल चालककाे मृत्यु भएको हाे ।


मृत्यु हुनेमा बागमति नगरपालिका वडा नं.-२ डुमरी टोल बस्ने राह हरी चालिसेको छोरा अन्दाजी २० वर्षीय छाेरा दिपशरण चालिसे रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालिसेकाे ट्रककाे ठक्करबाट घटना स्थलमा नै मृत्यु भएको थियो ।
प्रहरीले ठक्कर दिने ट्रक सहित फरार ट्रक चालक ईश्वरपुर नगरपालिका – १३ श्रीपुरका  उद्धगार महतोको छोरा अन्दाजी २६ वर्षीय सोलिन्द्र कुमार कुश्चाहालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठले जानकारी दिए ।
मृतकको  लाश पाेस्टमार्टमकाे  लागि प्रादेशिक अस्पताल मलंगवा  पठाइएको प्रहरीले जनाएको छ ।


त्यस्तै मंगलवार दिउँसो अन्दाजी ३:३०  बजेको समयमा जिल्लाकाे  बागमती नगरपालिका -१ मिलन चौक स्थित पुर्ब पश्चिम राजमार्गमा माेटरसाइकल दुर्घटना भइ घाइते भएका एकजना आज मृत्यु भएको छ ।
हिजो मंगलवार दिउँसो पुर्बबाट पश्चिम तर्फ आउँदै गरेको बा ९१ प.९३६२ नं. को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुंदा माेटरसाइकल चालक  बारा जिल्ला कोल्हबी  नगरपालिका -१ बस्ने बर्ष ३६ को राजु प्रसाई र सोही माेटरसाइकल  पछाडी सवार उनका  बुवा अं. बर्ष ६५ को निल बहादुर प्रसाई समेत घाइते भएका थिए ।
प्राथमिक उपचार पश्चात बाराको  न्युरो अस्पतालमा थप उपचारको लागि पठाइएकोमा  निल बहादुर प्रसाईको आज उपचारको क्रममा मृत्यु भएको तथा चालककाे  उपचार चलिरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।