लालबन्दी,जेठ -२२,स्वास्थ्य कर्मचारीहरुलाई संक्रमण राेकथाम तथा नियन्त्रण सम्बन्धी ३ दिने तालिम सुरु गरिएको छ ।
ग्रामीण नारी उत्थान संघ हरिपुरकाे आयोजना तथा सेभ द चिल्ड्रेनकाे आर्थिक सहयाेग र हरिपुर र ईश्वरपुर नगरपालिकाको समन्वयमा संचालित समुन्नति परियाेजना अन्तर्गत ईश्वरपुर र हरिपुर नगरपालिकाका २४ जना स्वास्थ्यकर्मीहरुका लागि संक्रमण राेकथाम तथा नियन्त्रण सम्बन्धि तालिम दिइएको हाे ।
लालबन्दी स्थित हाेटेल युनाइटेडमा सञ्चालित तालिमकाे संक्रमण राेकथाम तथा नियन्त्रण निर्देशिका २०७९ ले निर्देशित गरेकाे संक्रमण राेकथाम तथा नियन्त्रणका सिफारिसहरुमा अध्यावधिक भई स्वास्थ्य सेवा प्रदान गर्दा सिफारिस गरे अनुरुप व्यवहारमा ल्याउने उद्देश्य रहेकोआयाेजक संस्थाले जनाएको छ।
कार्यक्रम ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष श्री विष्णु चालिसेकाे अध्यक्षतामा संचालन भएकाे हाे ।
कार्यक्रममा ग्रामीण नारी उत्थान संघका कार्यकारी निर्देशक डा. कमल बहादुर थिङ, परियाेजना संयाेजक दिपक भण्डारी, फिल्ड अधिकृत ममता मुर्मु र सेभ द चिल्ड्रेन बर्दिवासको स्वास्थ्य तथा पोषण संयोजक खुश्बु झाकाे उपस्थिति रहेको थियो ।
राज कुमार सिंह र पार्वती दाहालकाे सहजिकरण गरेकाे कार्यक्रमकाे भाेली बुधवार ससमापन गरिने आयाेजक संस्थाका फिल्ड सुपरभाईजर राम विश्वास चाैधरीले जी जानकारी दिए ।