लालबन्दी,जेठ -२१, हिमालयन लाइफ इन्स्योरेन्सको उप-प्रादेशिक कार्यालय बर्दिवासले पद्म भुवनेश्वरी नमुना बृद्धाश्रम जुटपानीमा खाद्यान्न सहयोग गरेको छ ।
कम्पनीको १६औं वार्षिकोत्सवको अवसरमा उप प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत लालबन्दीमा रहेको बृद्धाश्रममा सहयोग गरेको हो ।
कम्पनीको जेठ २२ गतेआफ्नो वार्षिकोत्सवकाे अवसर पारेर साेमवार देशव्यापी रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गरेको हाे । यस कम्पनीको बर्दिवास उप प्रादेशिक कार्यालयले आश्रममा चामल,दाल, तेल, नुन, फलफुल, लगयतको खाद्यान्न सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा उप प्रादेशिक प्रमुख गंगेश कुमार झा , लालबन्दी शाखा प्रमुख लोक कुमारी काफ्ले, हरिवन शाखा प्रमुख सरोज बाबू न्यौपाने बर्दिवास शाखा प्रमुख जितेन्द्र प्रसाद महत्तो मलंवा शाखा प्रमुख धर्मभक्त प्रसाद बरहथवा शाखा प्रमुख बिरेन्द्र चौधरी, रामगोपाल शाखा प्रमुख शनि सरद झा एमडीआरटी सिनियर एजेन्सी म्यानेजर सानु माया पाख्रीन लगायत अन्य एमडीआरटी र एजेन्सी म्यानेजरहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिइन् ।