सर्लाही,जेठ – २०,राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले ३५ वर्ष देशमा मधेस र यहाँका नागरिकको अधिकार स्थापित गर्न एक्लै लडाइँ लडेको बताए ।
आगामी कार्यक्रम बारे जानकारी दिन आईतवार (आज) जिल्लाकाे लालबन्दीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बाेल्दै, उनलेे स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवाद लागू गरेर आफैंले शासन सत्ता चलाउने दाबी गरे । त्यसका लागि आफुहरूले देशव्यापी अभियान चलाएको र सर्लाहीको लालबन्दीमा पनि असार १ गते जनसभा गर्ने बताए ।
उनले गएको ७० वर्ष यता नेपालले सात ओटा संविधान बनाई सकेको र दुनियाँमा धेरै संविधान बनाउने देश नेपाल भएकाे बताए। जति  संविधान बनाए पनि अवैज्ञानिक र एकल जातीय चिन्तन र सोच राखेर बनाइएकोले प्रत्येक दश वर्षमा संघर्ष गर्नुपर्ने स्थिति आएको उनको बुझाइ छ ।


दुनियाँलाई देखाउन राम्रो शासन र संविधान भनेपनि यो अहिलेको एकल जातीय शासन व्यवस्था भएको उनको तर्क छ।आफूहरुले आफ्नैवाद अर्थात् स्वदेशवाद मार्फत  सबै जातजाती, भाषाभाषा र भूगोलमा बस्नेहरुको अधिकार स्थापित गर्न लागी परेको उनको भनाइ छ ।
स्वदेशवादलाई अवलम्बन नगरिएकाले देशको विकास हुन नसकेको जिकिर गर्दैन,देशमा अहिले जे भईरहेछ त्यो सब अप्राकृतिक एकल जातीय चिन्तकयुक्त शासनव्यवस्थाको उपज भएको उनलेे बताए ।
उनले पृथ्वीनारायण शाहले एकिकरण गर्नुपूर्व यहाँ विभिन्न राज्यहरु रहेको भएपनि  एकिकरण भएपश्चात जाती र राज्यहरुको पहिचान मेटाउने काम भएको उनको बुझाए छ । बहुलता भएको समाजलाई एकल जातीय ढंगले शासन गर्नु प्राकृतिक नभएको उनलेे बताए  । उनले प्राकृतिक हुनका लागि सबै जातजातीको पहिचानलाई मेटाउन नहुने तर्कछ ।


विविध जातजातीले भरिएको देश, विविध भाषा धर्म र संस्कृतिले उनलेे भरिएको देशमा एकल जातीय शासन व्यवस्था लागू हुन दुःखद भएको बताउदै  आफूहरुले राष्ट्रिय मुक्ति क्रान्ति अभियान शुरु गरेको र यो क्रान्तिले देशमा बहुलराष्ट्रवाद स्थापना गराएरै छोड्ने दाबी गरे  ।
त्यस्तै पत्रकार सम्मेलनमा कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका प्रमुख अभियन्ता  बुद्धछिरिङ मोक्तानले कम्युनिष्टहरुकाे माक्र्सवाद र उदारवादकाे ठेली पढेर केही नहुने बताउदै, स्वदेशवाद उच्च तहको वाद भएको बताए ।  आफ्नै समुदायमा आधारित स्वदेशिय अर्थतन्त्रमा आधारित समाजवादको विकास गर्नुपर्छ भनेर आफूहरु लागेको उनलेे बताए  ।
शक्ति केन्द्रीकरण गर्ने युरेपियन मोडेलको शासन व्यवस्थाले राज्य र जनतालाई अलग्याएको बताउदै  जनता र राज्यलाई जोड्ने भनेकै बहुलराष्ट्रिय राज्य प्रणाली भएकोले आफूहरुले बहुलराष्ट्रवादलाई समेत स्वीकार गरेर अघि बढेको उनलेे बताए।कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्ति अभियन्ताहरूकाे उल्लेखनीय सहभागिता रहेको थियो ।