मलंगवा, जेठ -१३,सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानहरूबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको ५ लाख ९९ हजार ९ सय ६५ रूपैयाँ बराबरको समानहरू नियन्त्रणमा लिई भन्सार कार्यालय मलंगवामा बुझाएको छ।
गस्तीमा खटिएका प्रहरी टोलीले आज (आइतवार) अवैध रुपमा भन्सार छली गरि भारतबाट नेपाल तर्फ ल्याउदै गरेको समानहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रहरीले विभिन्न किसिमको लत्ता कपडा, व्याग, सुटकेश र पेय पदार्थ तथा किराना आइटमहरु नियन्त्रणमा लिएकाे हाे ।
त्यस्तै प्रहरीले भन्सार छलीमा प्रयाेग गरिएका २ वटा माेटरसाइकल पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।