मनाेज बख्रेल/हरिपुर
जेठ -९,सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामिण नारी उत्थान संघ संघ हरिपुरको सहजीकरणमा जबर्जस्ति हुने बिवाह र वालबिवाह अन्त्यका लागि संचालित CEFM (Child Early Forced Marriage परियोजना मार्फत हरिपुर -२ हात्तिसार खेल मैदानमा वडा स्तरिय बाल अधिकार समितिको आयोजनामा ” अभिभावक सचेतता कार्यक्रम सम्पन्न गरेको छ ।
वडा अध्यक्षसमेत रहेका समितिका अध्यक्ष निल बिक्रम थापाको अध्यक्षतामा सम्पन कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि , इलाका प्रहरी कार्यालय हरिपुर महिला बालबालिका साखाका प्रतिनिधि , संस्थाकि सदस्य रीता न्यौपाने , फोकल पर्सन तथा संस्थाका सचिव सुर्यप्रसाद चालिसे लगायत १५० जना भन्दा बढी अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम मुलत : दलित बस्तिमा हुने बालबिवाहलाई न्यूनीकरण गर्दै सचेतना अभिबृदी गर्ने उदेश्यले आयोजना गरिएको हो ।
बालबालिकाहरुले समेत आ-आफ्नो अभिभावकलाई सचेत गराउनुका साथै ” सानै छु म बढ्न देउ , बालबिबाह होइन पढ्न देउ” भन्दै मार्मिक भनाइहरु समेत प्रस्तुत गरेका थिए ।
समन्वयात्मक ढंगले बिभिन्न सचेतनामुलक कार्यक्रम सन्चालन गर्ने आज भएको सचेतना कार्यक्रमको सहजीकरण गर्दै परियोजना संयोजक सिर्जना बस्नेतले कानुनी व्यवस्था र कारवाहि एवम् अपरिपक्व उमेरमा गरिने बिवाहबाट हुने हानी लगायत विषयमा जानकारी प्रदान गर्नुभएको फिल्ड अफिसर बिजय चौधरीले जानकारी दिए ।
यो सामाजिक विषय भएकोले यस्मा सबैलाइ समेटेर सभ्य समाज निर्माणका लागि संस्थाले अथक मेहनत गर्दै परिणाममुखी कार्यक्रमहरु सन्चालन गर्ने र समुदायको बिकासका लागि स्थानीय समुदाय पनि सचेत रहनुपर्नेमा सचिव सुर्य प्रसाद चालिसेले जोड दिए ।
कार्यक्रमको ब्यबस्थापनमा सकृय मनोसामाजिक परामर्शकर्ता रामेश्वर दासले सामुदायिक सचेतनाले नै मनोबैज्ञानिक रुपमा अभिभावकलाई सबल बनाउन सहयोग गर्ने बताए ।