सर्लाही,जेष्ठ -९, रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धर्मनिर्पेक्ष तथा संघियता खारेजीको पक्षमा जनमत संकलन गरिरहेको छ ।
रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल अहिले मधेश प्रदेशका जिल्लाहरुमा पार्टीगत हिसाबले समिक्षा बैठक गरि रहेका छन् ।
साेही क्रममा रास्वपाले बुधवार (आज) जिल्लाको लालबन्दीमा समिक्षा बैठक गरि धर्मनिर्पेक्षता तथा संघियता खारेजीको पक्षमा आफनो पार्टीका नेता कार्यकर्तालाई हाथ उठाएरनै धर्मनिर्पेक्षता तथा संघियता खारेजीको पक्ष विपक्ष जनाउन भनेपछि धेरैकाे मत बाझिएको छ ।


केहिले धर्मनिर्पेक्षता तथा संघियता खारेजीको पक्षमा हाथ उठाएका थिए भने केहिले धर्मनिर्पेक्षता तथा संघियता खारेज बलिदानबाट प्राप्त उपलब्धी भनेका थिए । सहभागीले यसमा सुधार गर्न सुझाव दिएका थिए ।
रास्वपाका लालबन्दी नगर कमिटिकाे आयोजना तथा नगर अध्यक्ष बालकृष्ण कार्कीको नेतृत्वमा भएको समिक्षा सभामा धर्मनिर्पेक्षता तथा संघियता खारेजीको पक्षमा जनमत संकलन गर्दै रास्वपा महामन्त्री ढकालको कुरा प्रति आफूहरू असहमत रहेको नगर अध्यक्ष कार्कीले बताएका थिए ।
अध्यक्ष कार्कीले नेपाल सवै जातजातीको साझा फुलवारी भएकाले समान अधिकार र पहिचान हुनुपर्नेमा दुईमत नरहेको बताएका थिए ।
धर्मनिर्पेक्षता कुनै पनि हालतमा खारिज हुनु नहुने तर ससंघियताको सवालमा सुधारको खाचो रहेको अध्यक्ष कार्कीले बताएका थिए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही जिल्ला उपसभापती पंचबहादुर सिन्तानले महामन्त्री मुकुल ढकाल अहिले मधेश प्रदेशका जिल्लाहरुमा समिक्षा बैठक गरिरहेकाले समिक्षा बैठकबाट वर्तमान व्यवस्था प्रति जनमत संकलन गरेर पार्टीले भावी नीति बनाउने विश्वास व्यक्त गरे ।

उनलेे आमजनताको बुझाई धर्मनिर्पेक्षता तथा संघियता खारेजीको पक्षमा के–कस्तो रहेको छ यसबारेमा बुझने प्रयास भएको उनलेे बताए ।
उनलेे आमजनताको चाहना र अपेक्षा बमोजिमनै रास्वपाले नीति नियम बनाउन धर्मनिर्पेक्षता तथा संघियता खारेजीको पक्षमा बहश शुरु गरिएको हुन सकने उपसभापती पंचबहादुर सिन्तानले बताए ।
लालबन्दी स्थित लालबन्दी पार्टी पैलेसमा समिक्षा सभा गरिएको थियो । कार्यक्रममा सैकडोको संख्यामा पार्टी कार्यकर्ता तथा स्थानीयहरुको उपस्थिती रहेकाे रास्वपाले जनाएको छ।