लालबन्दी,जेठ -९, इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएकाे प्रहरी टोलीले लागू औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठका अनुसार पक्राउ पर्नेमा महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वडा नं.-९ बस्ने अन्दाजी ६५ वर्षीय वृद्ध नागेन्द्र सिंह रहेका छन् ।


प्रहरीले अपरान्ह करिब ४:३० बजेको समयमा लालबन्दी -७,बजार स्थित बर्गर हाउस अगाडी बसिरहेका सिंहलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथमा रहेको प्लाष्टिकको बोरा भित्र गहुँको दानामा लुकाई छिपाई ल्याईएको ५ किलो लागु औषध गाँजा बरामद गरेको हाे ।


लागु औषध गाँजासहित पक्राउ परेका सिंह उपर आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।