
सर्लाही , जेठ –५, नेपाली सेनाले जिल्लाको चन्द्रनगर गाउँपालिकामा रहेको नाढीमन ताल परिसरमा आयोजना गरेको स्वास्थ्य शिविरमा ७०८ जनाको स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको छ ।

चन्द्रनगर गाउँपालिकाको सहयोग तथा सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वाटर श्री नम्बर ९ बाहिनी अड्डा, श्री भैरवीदल गण पाँचकुमारी ब्यारेक नवलपुरको आयोजना एवम् फिल्ड स्पताल बर्दिवास, लालबन्दी नगर अस्पताल , सर्लाही ईमेजिङ्ग एण्ड डाईगोनोस्टिक सेन्टर लालबन्दी र सत्यनाम हस्पिटल नवलपुरको सहकार्यमा शिविरमा स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको हो ।
शिविरमा बालरोगका २ सय ३८ जना बालबालिकाको उपचार गरिएको छ ।

त्यस्तै प्रसुती तथा स्त्री रोगका ५४ जना, मनो रोगका ५ जना, दन्त रोगका ४७ जना,नाक,कान,घाँटीका ६ जना, आँखाका ३० जना,मधुमेह र रक्तचाप का १० बिरामीले सेवा लिएको नेपाली सेनाले जनाएको छ । शिविरमा ५७ जनाले रेडियोलोजी ९ऐक्सरेर भिडियो ऐक्सरे सेवा लिएका छन् ।

शिविरमा नेपाली सेनाले स्थानियलाई आगलागी , विपद् व्यवस्थापन, सर्पदंश उपचार सम्बन्धि, सचेतनामुलुक कार्यक्रम गर्नुकासाथै नेपाली सेनाको भर्ना सम्बन्धी र ःष्लभ च्ष्कप भ्मगअबतष्यल, ज्भबत ध्बखभ सम्बन्धी कक्षासमेत संचालन गरेको थियो ।
शिविरमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई नेपाली सेनाले प्रशंसा पत्र समेत प्रदान गरेको छ। शिविर बिहान ८ बजेदेखि बेलुका ५ बजे सम्म चलेको थियो ।