सर्लाही , जेठ – ५, जिल्लाको लालबन्दीमा राष्ट्रिय स्तरको दोस्रो लालबन्दी क्योकुशिन–कान कराँते प्रतियोगिता आयोजना गरिने भएको छ ।
जेठ २५ र २६ गते लालबन्दी – ७ मा आयोजना गरीने प्रतियोगिताको आज बिहान नेपाल क्योकुशिन–कान कराँते संघले लालबन्दी उद्योग वाणिाज्य संघको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
प्रतियोगितामा विभिन्न प्रदेशका र विभागिय क्लबबाट २५० जना खेलाडी सहभागी हुने क्योकुशिन–कान कराँतेमा प्रशिक्षक एवम् रेफ्री शशी देवकोटाले जानकारी दिए ।


प्रतियोगिताका लागि १६ लाख ४८ हजार लागत अनुमान गरिएको छ । जसमध्ये नगर खेलकुद बिकाश समितिले ४ लाख र अन्य संघ संस्था उद्योगी व्यवसायीबाट प्राप्त हुने आयोजकको अनुमान छ ।
प्रतियोगितामा सहभागी खेलाडीलाई प्रमाणपत्र,मायाको चिनो र बिजयी खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
आयोजकका अनुसार महिला तथा पुरुष खेलाडीलाई २५ केजीदेखि माथि विभिन्न तौलम समूहमा प्रतिस्पर्धा गराइने छ।


पत्रकार सम्मेलनमा नेपाल क्योकुशिन–कान कराँते संघ सर्लाहीका अध्यक्ष गोपाल श्रेष्ठ,लालबन्दी नगरपालिका खेलकुद विकास समितिका संयोजक तथा वडा नं। १७ का वडाध्यक्ष विष्णु अधिकारी, उद्योग वाणिज्य संघ लालबन्दीका महासचिव रामप्रसाद देवकोटा, नेपाल क्योकुशिन–कान कराँते संघ सर्लाहीका संस्थापक र प्रशिक्षक भिम प्रसाद काफ्ले ९सुवास० लगायतको सहभागिता रहेको थियो ।