सर्लाही,जेठ -४,नेपाली सेनाले भाेली (शनिवार) जिल्लाको चन्द्रनगर गाउँपालिका- ७ स्थित नाढ़ीमन ताल परिसरमा एक दिने नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।


चन्द्रनगर गाउँपालिकाको सहयोग तथा सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वाटर श्री नम्बर ९ बाहिनी अड्डा, श्री भैरवीदल गण पाँचकुमारी ब्यारेक नवलपुरको आयोजना एवम् फिल्ड स्पताल बर्दिवास, लालबन्दी नगर अस्पताल , सर्लाही ईमेजिङ्ग एण्ड डाईगोनोस्टिक सेन्टर लालबन्दी र सत्यनाम हस्पिटल नवलपुरको सहकार्यमा शिविर सञ्चालन गर्न लागिएको हाे ।


निशुल्क शिविर बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने श्री भैरवीदल गण लालबन्दी -१ नवलपुरले जनाएको छ ।
शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, वाल रोग विशेषज्ञ सेवा, मनोचिकित्सक विशेषज्ञ सेवा, दन्त रोग विशेषज्ञ सेवा, जेनेरल वहिरंग सेवा, भिडियो एक्सरे सेवा प्रदान गरिने भएकाले यस क्षेत्रका नागरिकले माैकाकाे फाइदा उठाउन नेपाली सेनाले आग्रह गरेको छ ।