मनाेज बख्रेल/लालबन्दी
जेठ -३,, सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामिण नारी उत्थान संघ संघ हरिपुरको सहजीकरणमा जबर्जस्ति हुने विवाह र वालविबाह अन्त्यका लागि संचालित  Child Early Forced Marriage ( CEFM) परियोजनाले आज ईश्वरपुर हरिपुरका विभिन्न धर्मका धर्म गुरु , पुरोहित एवम् पास्टर तथा मुड्वी  मौलानाको विचमा अन्तर्कृया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका संस्थापक सदस्य एवम उपाध्यक्ष विष्णु प्रसाद चालिसेको अध्यक्षतामा लालबन्दी स्थित होटल युनाइटेडमा सम्पन  कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि , दुबै नगरपालिकामा रहेका इलाका प्रहरी कार्यालय महिला बालबालिका साखाका प्रमुख तथा प्रतिनिधि , सेभ द चिल्ड्रेनका लाइन म्यानेजर शान्तिराम भण्डारी , संस्थाका कार्यकारी निर्देशक वरिष्ठ अधिबक्ता  डा.कमल बहादुर थिङ , संस्थाका सिचव सुर्यप्रसाद चालिसलगायत ३० भन्दा बढी जिम्मेवार ब्यत्तित्व हरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा ८ बुदे संकल्प पत्र जारी गरिएको छ ।जसमा २० वर्ष भन्दा कम उमेरका किशोर किशोरीहरुको बिवाह गराउन अस्विकार गर्ने ।
नेपालको विधमान संविधान , नियम र कानुनहरुको अक्षरस पालना गर्ने   ।
उमेर नपुग्दै टोल छर छिमेकीमा बिबाह हुन लागेमा वा गराईन लागेमा  रोक्ने प्रयत्न गर्ने  । नरोकिएमा कानुनी कारवाहीका लागि आवश्यक कार्य गर्ने रपहल गर्ने  ।
धार्मिक गतिविधिहरुमा बाल बिवाह बिरुद्ध सन्देस प्रवाह गर्ने  ।
बालबिबाह बाट हुने शारीरिक तथा मानसिक असर र प्रभावको बारेमा जन- जन समक्ष सचेतना प्रवाह गर्ने  ।
बाल बिवाह नियन्त्रको लागि फरक –फरक समुदायका धार्मिक गुरुहरुको समुह बनाएर सचेतना प्रवाह गर्ने ।
बिवाहको साइत वा मिति तय गर्न आएका अभिभावकहरुलाई बाल बिवाह नगराउन अनुरोध गर्ने  र आपसमा समन्वय गरी बालबिबाह अन्त्यका लागि आवश्यक कार्यसम्पादन गर्ने जस्ता बुदाहरू संकल्प पत्रमा समेटिएको छ ।
संकल्प पत्रमा  हस्ताक्षार गर्दै  बाल तथा जवर्जस्ती विवाह रोक्नका निमित्त धार्मिक अगुवा तथा गुरु पास्टर मौलाना एवम मुडविहरुले  २० वर्षमुनिका कुनै पनि बिवाहमा नजाने , नगराउने र जवरजस्ती हुने कुनै पनि विवाहमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागीता नजनाउने प्रतिबद्धता गरेका छन् ।


समन्वयात्मक ढंगले भिभिन्न सचेतनामुलक कार्यक्रम सन्चालन गर्ने क्रममा परियोजना मार्फत गरिएका कार्य र अन्य सम्बन्धित विषयमा परियोजना संयोजक सिर्जना बस्नेत , बाल बिवाह बिरूद्द वर्तमान कानुन ब्यवस्था र कारबाही सन्दर्रभमा कायर्कारी  निर्देशक  तथा अधिबक्ता डा. कमल बहादुर थिङले सहजीकरण गरेका थिए ।
सभ्य समाजको जटिल चुनौती बनेको बाल तथा जवर्जस्ती वा उमेर नपुग्दै हुने गरेको विवाहलाइ न्यूनीकरण गर्दै यसको अन्त्यका लागि बिभिन्न रचनात्मक गतिविधिको अपरिहार्यता महसुस गरी ईश्वरपुर नगरपालिमा हिमालय भट्टराईको  र हरिपुरमा  नगरपालिकामा जटा शंकर राउतको संयोजकत्वमा ७ ∕७ सदस्यीय बाल तथा जवर्जस्ती विवाह न्यूनीकरणका लागि प्रचारप्रसार तथा सचेतना समिती गठन गरिएको परियोजना संयोजक सिर्जना बस्नेतले जानकारी दिइन् । 
इश्वरपुर र हरिपुर नगरपालिका भित्रका बिभन्न समुदायका धर्म गुरूहरूले कुनै पनि धर्मले बालबिवाह गर्न प्रेरित नगरेकाे समेत स्पष्ट पारे ।
बाल बिवाह सामाजिक विषय भएकोले यसमा सबैलाइ समेटेर सभ्य समाज निर्माणका लागि संस्थाले अथक मेहनत गर्दै परिणाममुखी कार्यक्रम हरु सन्चालन गर्ने उपाध्यक्ष बिष्णुप्रसाद भट्टराईले प्रतिबद्धता समेत व्यक्त गरे ।