लालबन्दी ,वैशाख -३१, जिल्लाको लालबन्दीमा नागरीक वडा नम्बर -५ मा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएकाे छ ।
मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै पालिकामा सेवा केन्द्र विस्तार गर्ने योजना अनुरुप यहाँ पनि सेवा केन्द्र सञ्चालनमा ल्याइएको हाे ।
सेवा केन्द्रकाे लालबन्दी नगरपालिका का प्रमुख (मेयर ) वासुदेव अधिकारीले आज साेमवार रिवन काटेर उद्घाटन गरेका हुन ।


सेवा केन्द्र उद्घाटन पछि बाेल्दै मेयर अधिकारीले नगरको १७ वटै वडामा पुगेर सचेतना मुलक कार्यक्रमहरू गर्न आग्रह गरे ।केन्द्र स्थापना हुनु खुसिकाे विषय भएको बताउदै मेयर अधिकारीले व्यायाम प्राणायमले मानिसलाई स्वास्थ रहन मद्दत गर्ने भएकाले केन्द्र सञ्चालन पछि यसबाट यहाँका नागरिकले लाभ लिन सक्ने विश्वास व्यक्त गरे । उनलेे कम्तीमा केही आयुर्वेद औषधी व्यवस्थापन गर्न आग्रह गरे । उनलेे वरपरका जडिबुटीबाट कसरी औषधी बनाउन सकिन्छ त्यस विषयमा नागरिकलाई जानकारी गराउनुपर्ने बताए ।
मेयर अधिकारीले लालबन्दीमा २०० जना लागुऔषध प्रयाेगकर्ता रहेको पाइएकाले यसको अन्त्यका लागि आफुहरूले प्रयास गरिरहेकाे बताए ।


उद्घाटन कार्यक्रममा बाेल्दै विशिष्ट अतिथि लालबन्दी नगरपालिका की उपमेयर कल्पना माया पाख्रिनले आरोग्य सेवा केन्द्रबाट यहाँ नागरिक राम्रो सेवा प्राप्त गर्ने विस्वास व्यक्त गरिन्।
उद्घाटन कार्यक्रममा बाेल्दै, लालबन्दी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत वसन्त न्याैपानेले प्राचीन आयुर्वेद विज्ञान प्रभावकारी रहेकाले यसबाट नागरिकले लाभ लिनुपर्ने बताए ।उनले जनशक्ति मात्र भएर नहुने भएकाले प्रदेशले औषधी लगायतका सहयोग गर्नुपर्ने बताए ।


लालबन्दी -५ का वडाअध्यक्ष मीन प्रसाद ढुंगेलकाे सभापतित्वमा भएको कार्यक्रममा जिल्ला आयुर्वेद केन्द्रका वैद्य निरीक्षक महेश जयसवाल लालबन्दी नगरपालिका का स्वास्थ्य संयोजक मुमताज मिकरानी, हरिपुर नगरपालिका का स्वास्थ्य संयाेजक कपिलेश्वर झा, लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडा ,वडा सदस्य तथा स्थानीयकाे सहभागिता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष ढुंगेलले केन्द्रलाई आयुर्वेद अस्पतालकै रूपमा बिकाश गरिने बताएका छन् ।
जिल्ला आयुर्वेद केन्द्रका वैद्य निरीक्षक महेश जयसवालले प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मलंगवाले जिल्लाका बागमती र हरिवन बाहेक अन्य सबै पालिकामा आयुर्वेद सेवा केन्द्र सञ्चालनको तयारी भई रहेको बताए । चिकित्सालय मलंगवाका प्रमुख सुरेन्द्र रायले लालबन्दीसहित ईश्वरपुर, चन्द्रनगर, हरिपुर, बरहथवा, हरिपुर्वा लगायत १८ ओटा पालिकामा सेवा केन्द्र सञ्चालन हेतु आवश्यक कर्मचारीहरु पठाई सकिएको बताए।